बैंकिङ क्षेत्रको अर्बौं लगानी जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकिङ क्षेत्रको अर्बौं लगानी जोखिममा



money2-390x293काठमाडौ । बैंक तथा फाइनान्स कम्पनीहरुको प्रोभिजन रकम झण्डै पाँच अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले जोखिम व्यवस्थापन शीर्षकमा चार अर्ब ९४ करोड ४० लाख ३० हजार रुपैयाँ छुट्याएका छन् ।

नोक्सानीमा गएका कर्जाको तीनै किसिमका संस्थाहरुले चार अर्ब ४७ करोड ६९ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । यसअन्तर्गत सामान्य नोक्सानी व्यवस्थापन शीर्षकमा एक अर्ब ८३ करोड ५३ लाख ८० हजार, स्वीकृत कर्जा शीर्षकअन्तर्गत एक अर्ब ४६ करोड ९२ लाख ९० हजार सुक्ष्म निरीक्षण शीर्षकअन्तर्गत ३६ करोड ६० लाख ९० हजार रुपैयाँ प्रोभिजन गरेका छन् । आजको आर्थिक दैनिकमा खबर छ ।

प्रकाशित : ८ चैत्र २०७२, सोमबार ०४:३८