मंसिर १७ गते सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मंसिर १७ गते सार्वजनिक विदा



काठमाडाै । आउँदो मंगलवार मंसिर १७ गते सार्वजनिक विदा दिइएको छ । मंलवारका दिन बाराको गढीमाईमा मेलामा विशेष पुजाआजा भएको उक्त दिन प्रदेश २ मा विदा दिइएको हो । सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा आज मंसिर १५ गते र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो ।प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा भव्यताकासाथ राम–सीता महोत्सवको मनाइँदै आएको छ ।

विवाह पञ्चमीको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको प्रदेश २ सरकारका आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। यस वर्ष मंसिर १५ गते विवाहपञ्चमी परेको हो ।

यसैगरी वाराको गढीमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला अहिले चलिरहेको छ । आयोजन यही मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिन पनि प्रदेश २ भरि सार्वजनिक विदा दिइएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

प्रकाशित : १६ मंसिर २०७६, सोमबार २१:२८