पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी



काठमाडाैं । माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो ।

पाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने, यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत बृद्धिलाई आधार मानेर गरिएको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९\२०२० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो ।

पावर समिट २०१९ मा विद्युत् प्राधिकरणको विवरण र हालको मागको आधारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव शाशिष गर्गले गरेको विश्लेषण अनुसार सन् २०१९ मा विद्युत् सरप्लस हुने छैन । यस्तै सन् २०२० मा ११ मेगावाट हुनेछ । सन् २०२१ मा २२३६ मेगावाट विद्युत् उत्पादन हुनेछ भने सरप्लस ७०१ मेगावाट हुनेछ ।

यस्तै २०२३ मा उत्पादन ५२४९ मेगावाट हुने छभने १६२५ मेगावाट सरप्लस हुनेछ । कुल मागमध्ये सदरदर ४८५ मेगावाट अर्थात ३४ प्रतिशत विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट ३४३ मेगावाट अर्थात २६ प्रतिशत भएको छ । भने भारतबाट ६८ प्रतिशत अर्थात ४९१ मेगावाट विद्युत् आयात भइरहेको छ । याे समाचार अाजकाे काराेबार दैनिकमा भीम गाैतमले लेखेका छन् ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार ०७:५८