घट्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

घट्यो सुनको मुल्य



सुन–चाँदीको मूल्य आइतबार पनि घटेको छ । आइतबार छापावाला सुन तोलामा ५०० रुपैयाँले घटेर ७१ हजार २०० रुपैयाँमा झरेको छ । शुक्रबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेर ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि आइतबार ५०० रुपैयाँले नै घटेर ७० हजार ९०० रुपैयाँमा आइपुगेको छ । शुक्रबार तेजाबी सुनको भाउ ७१ हजार ४०० रुपैयाँ थियो ।

शुक्रबार स्थिर रहेको चाँदीको मूल्य पनि आइतबार तोलामा १० रुपैयाँले घटेको छ । चाँदी यस दिन तोलाको ८ सय ४० रुपैयाँमा कारोबार हुँदैछ । पछिल्लो समय सुनचाँदी बजार केही अस्थिर देखिएको छ । विवाहको सिजन भएकाले स्थानीय बजारमा सुनको माग बढेको छ । यद्दपि, मूल्य भने विश्व बजारकै आधारमा तय हुने गर्छ ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार ११:१७