चन्द्रागिरि साकोसको १८ औं साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ताकोष पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

चन्द्रागिरि साकोसको १८ औं साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ताकोष पारित



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रागिरि– ७ थानकोट महादेवस्थान काठमाडौंको १८ औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ ।


साधारणसभामा ७८ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थामा ११ हजार ४ सय ४१ जना सदस्य रहेको छ । साधारण सभाले १४ प्रतिशत लाभांस र संरक्षित पुँजी फिर्ता कोष वितरणका साथै विभिन्न प्रस्तावहरु पारित गरेको छ । २०७६ असार मसान्तसम्ममा १ अर्ब ७२ करोड कुल सम्पत्ति रहेको संस्थाले ४ करोड २५ लाख सञ्चालन मुनाफा हासिल गर्न सफल भएको थियो । २०७६ कार्तिक मसान्त सम्ममा संस्थाको कुल सम्पत्ति १ अर्ब ९३ करोड पुग्न सफल भएको छ ।

आ.व. २०७५÷०७६ को कारोबार बाट संस्थाले अग्रिम आयकर, बचतको ब्याजकर कट्टी, सामाजिक सुरक्षा कर लगायत विभिन्न स्रोतमा करकट्टी गरी जम्मा १ करोड ६२ लाख रकम कर दाखिला गरी नेपाल सरकारलाई कर योगदान गरेको संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले जानकारी दिए ।


संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्रले प्रस्तुत गरेको लेखासुपरिवेक्षण समितिको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ । यसका साथै सदस्यहरुमा ११ वटा प्रस्तावहरुमा छलफलका पारित गरेको छ ।


आ.व. २०७६÷०७७ मा एटिएम मेशिन सञ्चालन गर्नुको साथै बैंकमा रहेका सदस्यहरुको खातामा रकम ट्रान्सफर गर्ने सुविधा थप गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ जानकारी दिए । श्रेष्ठका अनुसार अनलाईन सदस्यता तथा ऋण प्रदान गर्ने, चन्द्रागिरि साकोसमा मात्र सदस्य बन्ने, सदस्यहरुलाई बचत र ऋणको ब्याजदरमा सुविधा र सहुलियत प्रदान गर्ने, वस्त्र संग्रह तथा वितरण केन्द्र सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ ।

सदस्यहरुको स्वाथ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, साना उद्योग तथा व्यवसाय स्थापना गरी स्वरोजगारी सृजना गर्न सहुलियत ऋणहरु प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ । संस्थाले एकीकरण र सेवा केन्द्र स्थापना गर्ने जस्ता लक्ष्यहरु राखेको छ ।


आ.व. २०७६÷०७७ मा संस्थाको कुल कारोबार २ अर्ब २० करोड र सदस्य संख्या १३ हजार पु¥याउने लक्ष्य लिएको प्रमुख श्रेष्ठले जनाकारी दिए ।

प्रकाशित : २२ मंसिर २०७६, आईतवार १४:०६