विजय लघुवित्तको लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विजय लघुवित्तको लाभांश वितरण गर्ने



काठमाडाै । विजय लघुवित्तको लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठक लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो । कम्पनीले यस अघि १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैठकले अब १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कुल लाभांश २० प्रतिशत नै रहे पनि कम्पनीले बोनस बढाएर र नगद घटाई नयाँ लाभांश दर प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित : २३ मंसिर २०७६, सोमबार १२:००