सुन चाँदीको भाउ घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुन चाँदीको भाउ घट्यो



काठमाडाै । सोमबार पनि सुन चाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले घटेर तोलाको ७१ हजारमा झरेको छ ।

आइतबार तोलाको ७० हजार ९ सयमा रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज तोलामा २ सयले घटेर प्रतितोला ७० हजार ७ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ८३५ रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको भाउ ६० हजार ८७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ६० हजार ६१५ र प्रति १० ग्राम चाँदीको भाउ ७१६ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित : २३ मंसिर २०७६, सोमबार ११:४९