महालक्ष्मी विकास बैंकको सानो भर्याङ्मा नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको सानो भर्याङ्मा नयाँ शाखा



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौं महानगरपालिका वडा नं.१६, स्थित सानो भर्याङ् शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

सोमबार उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलले संयुक्त उद्घाटन गरिएको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिलाई धनन्यवाद ज्ञापन गरेका थिए ।

वहाँले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

प्रकाशित : २३ मंसिर २०७६, सोमबार १९:०४