तपाईको गाडी नम्बर जोर की विजोर ? भोली चलाए कारबाहीमा परिएला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

तपाईको गाडी नम्बर जोर की विजोर ? भोली चलाए कारबाहीमा परिएला



काठमाडाै । तपाईको गाडी नम्बर जोर की विजोर ? यदी बिजोर छ भने भोलि मंगलबार गाडी नचलाउनुहोस् ।

प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् ।

बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् ।

किन की, मंगलबार दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) समापन हुने भएका कारण ट्राफिक प्रहरीले भोलिका लागि जोर नम्बर भएका सवारीलाई मात्र चल्न दिने बताएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटनको दिन बिजोर नम्बर भएका सवारीलाई मात्र चल्लन दिइएको थियो भने भोलि समापनको दिन जोर नम्बर प्लेट भएका सवारी साधन मात्र गुड्न पाउने छन् ।

प्रकाशित : २३ मंसिर २०७६, सोमबार १९:३७