दुई लघुवित्त कम्पनीसहित तीन कम्पनीको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई लघुवित्त कम्पनीसहित तीन कम्पनीको शेयर मूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार दुई लघुवित्त कम्पनीसहित तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले स्वावलम्बन लघुवित्त, नेपाल एग्रो लघुवित्त र श्रीइन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरेको हो ।

स्वावलम्बन लघुवित्तको २६ प्रतिशत बोनस शेयरपछिको मूल्य ८१८ दशमलव २५, नेपाल एग्रो लघुवित्तको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य ६२६ दशमलव शून्य ९, श्री इन्भेष्टमेन्टको २ दशमलव ३५ प्रतिशत बोनस शेयरपछिको मूल्य १५१ दशमलव ४४ रुपैयाँ तोकेको हो ।

प्रकाशित : १ पुष २०७६, मंगलवार १२:५८