हिमालय एयरलाइन्सद्धारा दिल्लीको ‘पु्रभिङ फ्लाइट’ सफलतापूर्वक सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालय एयरलाइन्सद्धारा दिल्लीको ‘पु्रभिङ फ्लाइट’ सफलतापूर्वक सम्पन्न



Logo-1काठमाडौं । नेपाल–चीनको संयुक्तलगानीमा सञ्चालित हिमालय एयरलाइन्सले आफ्नो व्यावसायिक उडानको तयारीको प्रदर्शन गर्नको लागि बुधबार आफ्नो पहिलो जहाज ए३२०–२१४ को काठमाडौं–दिल्ली–काठमाडौं रुटमा सफल पु्रभिङ फ्लाइट गरेको छ ।

हिमालय एयरलाइन्सले आफ्नो ९एन–एएलएम नेपाली दर्ता नम्बर रहेको उक्त जहाजले विमान सेवा सञ्चालनको सम्पूर्ण पक्षमा व्यावसायिक उडान भर्न दक्ष रहेको साबित गरेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको आइकाओ मापदण्डबमोजिम नागरिक उड्डयन प्राधिकरणको नियमानसार प्राधिकरणको निरीक्षकको सुपरिवेक्षणमा पु्रभिङ फ्लाइट सम्पन्न सम्पन्न भएको कम्पनीको भनाई छ । सो अवसरमा आइकाओका पदाधिकारीले उडानको अनुगमन गरेको उसले जनाएको छ ।

एअरलाइन्स्का उपाध्यक्ष–प्रशासन विजय श्रेष्ठले यस सफल उडानसँगै हिमालय एयरलाइन्सले चाँडै व्यवसायिकरुपमा अन्तराष्ट्रिय उडान प्रारम्भ गर्ने बताए । निजी क्षेत्रबाट स्थापित यस अन्तर्राट्रिष्य नेपाली वायुसेवा कम्पनीले आफ्नो पहिलो गन्तव्य दिल्ली र दोहा बनाएको छ । केही महिनापछि चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यही जहाजमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हालै चीनको औपचारिक भ्रमण गरेर फर्किएको थियो ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार ११:२७