नेपाल आइडल सीजन ३ मा डिशहोमको आबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

नेपाल आइडल सीजन ३ मा डिशहोमको आबद्धता



काठमाडौं । नेपाली संगीतका पारखीहरु र त्यस संगीतमा आफ्नो भविष्य देख्नेहरुले सर्वाधिक रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण नेपाल आइडल सीजन ३ यहि पुषदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडिले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ र विगतका २ सीजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा रहेको प्रमाणित गरिसकेको छ । नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको Reality TV च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने छ ।

नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा नेपालमा सर्वाधिक ग्राहक संख्या भएको तथा अन्तर्राष्ट्रिय स्तरको प्रसारण गुणस्तर भएको डिशहोम पनि आबद्ध भएको छ । डिशहोम नेपाल आइडल सीजन ३ सँग Powered by श्रेणीमा आवद्ध भएको छ । यसै सन्दर्भमा डिशहोमका बिक्री प्रमुख श्री रमेश सापकोटले भन्नु भएको छ “हामी दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरन्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएका छौं । यसभन्दा अघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हर्षित छौं । हामीलाई विश्वास छ डिशहोमको उत्ृकष्ट प्रविधिमार्फत् यो शो हेर्नु हुने दर्शकहरुले आफूलाई प्रत्यक्ष संलग्न भैरहेको महसुस गर्नु हुनेछ ।”


एक जिम्मेवार वितरण संस्था भएको नाताले डिशहोमले सदैव दर्शकहरुको रुचीको कदर गर्ने गर्दछ । यसै प्रसंगमा डिशहोमाले नेपाल लोक स्टार तथा द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरिसकेको डिशहोम यसप्रकारका रियालिटी शोहरुलाई साथ दिन सदा प्रतिबद्ध छ ।

प्रकाशित : ३ पुष २०७६, बिहीबार ०८:१८