यस कारण बिक्न छाड्यो जलविद्युतकाे शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

यस कारण बिक्न छाड्यो जलविद्युतकाे शेयर



काठमाडाैं । कुनै समय थियो, जलविद्युत्को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो। लगानी कर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे। १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र नपरे गुमाएको आभास हुन्थ्यो। तर, केही महिनायता परिस्थिति बदललिएको छ।

जलविद्युत्को सेयरमा लगानीकर्ताको आकर्षण घट्दो छ। जलविद्युत्को सेयर जसरी पनि बेच्ने ध्याउन्नमा लगानीकर्ताहरु देखिन्छन्। संस्थागत सुशासन र पारदर्शिताको अभाव, समयमा आयोजना सम्पन्न नहुनु, निरन्तर लागत बढ्नु लगायत कारण बहुसंख्यक जलविद्युत् कम्पनीको वित्तिय अवस्था नाजुक बन्दै गएको छ।

कमजोर वित्तिय अवस्थाको प्रत्यक्ष प्रभाव लाभांशमा पर्न थालेको छ। अहिले नेप्से परिसूचक साढे ११ सय विन्दुमा रहँदा १८ जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्य (प्रतिकित्ता एक सय) भन्दा कम छ।

सरकारले गत वर्षदेखी ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत विभिन्न क्षमताका करिब डेढ दर्जन जलविद्युत् आयोजना छनोट गरिएको छ । जसमध्ये सान्जेन र रसुवागढीले गत वर्ष नै सेयर निष्कासन गरिसकेका छन् । बाँकी आयोजनाले पनि विष्कासनको तयारी गरिरहेका छन् । यही अवस्थामा सेयर बजारमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आर्कषण घट्दो छ ।

प्रकाशित : ४ पुष २०७६, शुक्रबार ०७:३४