म्यानपावर व्यवसायीको आन्दोलन एकाएक सथगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

म्यानपावर व्यवसायीको आन्दोलन एकाएक सथगित



काठमाडौं  । लगातार २३ दिनदेखि  जारी म्यानपावर व्यवसायीको आन्दोलन एकाएक सथगित भएको छ । विभागीय मन्त्री साकारात्मक भएको भन्दै व्यवसायीले आन्दोलन स्थगन गरेका छन् ।विभिन्न माग लिएर पटक पटक आन्दोलनमा होमीने म्यानपावर व्यवसायीहरु यो पटक  पनि उधारो आश्वाशनमा अचानक सेलाएका हुन ।

biro
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गरी अन्तिम स्वीकृतिका सबै काम गर्ने जनाएका हुन् । मन्त्री दीपक बोहरा सकारात्मक भई वार्ताका लागि आह्वान गरेको भन्दै आफ्ना आन्दोलन फिर्ता लिएका हुन् ।सरकारले आन्दोलन फिर्ता लिई वार्तामा आह्वान लिखित पत्र पठाएपछि व्यवसायीहरुले अन्तिम स्वीकृतिका सबै काम गरेपनि पूर्व स्वीकृतिको काम भने नगर्ने भएका छन् । सरकारले निर्णय गरेअनुसार फ्रि भिसा, फ्रि टिकटको डिमान्ड आएमा अवरोध नगर्ने पत्रकार सम्मेलनमा बताइएको थियो । तर यही अवस्थामा व्यवसायीले पूर्व स्वीकृति लिने अवस्था नरहेको संघका अध्यक्ष बिमल ढकालले बताए ।
सरकारले प्रक्रिया नै नपु¥याएर फ्रि भिसा, फ्रि टिकटको अवधारणा ल्याएको अध्यक्ष ढकालको भनाई थियो । ‘वार्तापश्चात हाम्रो माग सम्बोधन हुने मनसायले हामीले भद्र अवज्ञा तोडेका छौ’ उनले भने । संघले वार्ताका लागि पाँच चना टोली पठाउने भएको छ । अध्यक्ष बिमल ढकालको नेतृत्वमा महासचिव रोहण गुरुङ, पूर्व अध्यक्षहरु ब्लबहादुर तामाङ, प्रेम कटुवाल व्यवसायी दिलप्रशाद पोखरेल सम्मिलित टोलीले सरकारसँग वार्ता गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले छलफलपश्चात अन्तराष्ट्रिय अभ्यासअनुसार सेवा शुल्क निर्धारण गरिने बताए । एशिसन मुलुक र छिमेकी मुलुकको प्रक्रिया अनुसार नै यहाँ शुल्क निर्धारण हुने छ, हामीलाई उक्त निर्णय मान्य हुने छ ।’ उनले भने ।संघका पूर्व अध्यक्ष प्रेम कटुवालले १० हजार सेवा शुल्कले नपुगेकाले छलफलपश्चात निचोड निस्कनेमा आशावादी रहेको बताए । १९ दिनको आन्दोलनमा सरकारले व्यवसायीलाई जुक्याएकै हो, अहिले हामीले पनि बुझेका छौं, मन्त्रीले पनि बुझेका छन्’ उनले भने । हामीले मात्र फाइदा होस् भनेका छैनौं उनले भने । अन्तराष्ट्रिय श्रम समितिमा समेत प्रवेश पाएकोले यसपाली व्यवसायी जुक्किने अवस्था नरहेको उनले प्रतिक्रिया दिए । जवसम्म नीतिगत स्पष्ट हुदँैन तबसम्म हामीले कामदार पठाउन सक्दैनौं’ पूर्व अध्यक्ष कटुवालले भने । एक महिना बराबरको तलब लिने अधिकार आफूहरुसँग रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आन्दोलनको स्वरुप परिवर्तन भएको चर्चा गर्दै पूर्व अध्यक्ष कटुवालले भने–‘यदी मानव बेचबिखन तथा तस्कर नै भए गृहमन्त्रालय अन्र्तगत रहेको प्रहरीले नै कारवाही गर्न सक्छ, अन्यथा क्षेत्राधिकार मिच्न पाईदैन’ उनले भने । पूर्व स्वीकृति लिएर कम्तीमा २० हजार युवाहरु विदेश जाने तयारीमा बसेका छन् । व्यवसायीको आनदोलनकै कारण हालसम्म उनीहरु विदेश जान नपाएपनि आन्दोलन स्थगनसँगै अब विदेश जान पाउने भएका छन् ।

संघका अध्यक्ष ढकालले वार्ताका क्रममा मलेसिया र ६ खाडी मुलुक मात्र नभई सरकारले खुला गरेका १ सय ८ देशमै समान व्यवस्था लागु गर्नेेमा जोड दिएका छन् । उनले वार्ताका क्रममा कोरिया र इजरायलसमेतको विषयमा छलफल हुने बताए । सरकारले जायज माग पूरा गर्ने मनसाय देखेर हामीले भद्र अवज्ञा तोडका हौं’ उनले भने । ‘यदी फेरी झुक्याउने प्रयास थाले सशक्त आन्दोलन गर्न वाध्य हुने छौं ।’ उनले भने । महासचिव रोहण गुरुङले भोलीदेखि वार्ता थाल्ने र करिब एक हप्तासम्म निश्कर्षमा पुग्न सकिने विश्वास व्यक्त गरे

प्रकाशित : १७ चैत्र २०७२, बुधबार ११:५३