झिमरुक विकास बैंक साढे ४८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

झिमरुक विकास बैंक साढे ४८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै



jhimrukकाठमाडौ । नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजपत पत्र प्राप्त गरेको झिमरुक विकास बैंकले आफ्ना शेयरधनीलाई १० बराबर १ अर्थात १० प्रतिशतका दरले हकप्रद शेयर जारी गरेको छ । बैंकले ४८ लाख ५० हजार रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैँया अकिंत ४८ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी ४ करोड ८५ लाख रुपैयाँको दश बराबर एक कित्ता शेयर (१०ः१) अर्थात् विद्यमान १० कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ता साधारण शेयरको अनुपातमा हकप्रद शेयर निश्कासन गरेको हो । हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात बैंकको चुक्ता पँजी ५ करोड ३३ लाख ५० हजार रुपैंया पुग्ने छ ।

हकप्रद शेयर बिक्री २०७२ चैत्र १७ गतेदेखि खुल्ला भई २०७३ बैशाख २१ गते बन्द हुने बैंकले जनाएको छ । २०७२ फागुन २३ गते सम्म कायम शेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशन तथा विक्री प्रवन्धक ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । शेयरधनीहरुले ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडका साथै झिमरुक विकास बैंक लिमिटेड प्युठान तथा बैंकको अन्य शाखा कार्यालयहरु मार्फत पनि दरखास्त बुझाउन सकिने जनाएको छ ।

ज्योति विकास बैंक तथा हाम्रो विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको झिमरुक विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ९१ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गतवर्षको सोहि अवधिको तुलना भन्दा २ गुणाले वृद्धि हो । बैंकले गत वर्षको सोहि अवधिमा ३९ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले निक्षेप गत वर्षको सोहि अवधि भन्दा ३३ प्रतिशतले वृद्धि गरी ६७ करोड ७१ लाख रुपैयाँ संकलन गरी कर्जामा ५५ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा ६३ दशमलव ६३ प्रतिशतले वृद्धि गरी १ करोड ८६ लाख रुपैयाँ र सञ्चालन मुनाफा २ गुणाले वृद्धि गरी १ करोड २४ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजन १ करोड ६० लाख रुपैयाँ रहेको छ भने १८ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

प्रति सेयर आम्दानी १८ दशमलव ७८ रुपैयाँ, प्रति सेयर नेटवर्थ १ सय ५५ दशमलव ११ रुपैयाँ, तरलता अनपात २८ दशमलव ४२ प्रतिशत, मुल्य आम्दानीको अनुपात २० दशमलव ४५ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव २९ प्रतिशत र जोखिम युक्त सम्पति १२ दशमलव ४७ प्रतिशत रहेको छ ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार ११:५८