शेयर बजार : आधा समूह हरियो, आधा रातो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

शेयर बजार : आधा समूह हरियो, आधा रातो



काठमाडौं । साताको शुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले हरियो रह्यो ।

तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से १ अंक बढीले सकारात्मक रहेर ११ सय ५० दशमलब आठ एक कायम भएर थामियो । यस दिन आधा समूह हरियो रहे भने आधा रातो ।

यस दिन उत्पादनमूलक, होटल, अन्य, विकास बैंक, लघुवित्त र सामुहिक लगानी कोष सकारात्मक रहे । उत्पादनमूलक समूहमा ७० अंक र होटल समूहमा ४४ अंकको बृद्धि आयो ।

बीमा, व्यापार, वित्त, जलविद्युत र वाणिज्य बैंक समूह ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीको १४ लाख ८८ हजार कित्ता शेयर साढें ३७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित : ६ पुष २०७६, आईतवार १९:१५