मोटरसाइकल परीक्षण केन्द्र थानकोटको मातातीर्थमा स्थानान्तरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मोटरसाइकल परीक्षण केन्द्र थानकोटको मातातीर्थमा स्थानान्तरण गर्ने



काठमाडौं, । यातायात व्यवस्था विभागले ललितपुरको एकान्तकुना नजिकै भएको मोटरसाइकल परीक्षण केन्द्र थानकोटको मातातीर्थमा स्थानान्तरण गर्ने भएको छ ।

अहिलेको स्थान साँघुरो भई परीक्षणका काम गर्न असुविधा भएपछि सो कार्यालय सार्नका लागि तयारी भएको हो । विगतमा काठमाडौँबाट हेटौँडासम्म सञ्चालनमा रहेको ‘रोप वे’ मार्गको करिब ३४ रोपनी जग्गालाई यसका लागि व्यवस्था गरिने भएको छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले त्यहाँ मोटरसाइकलको परीक्षण केन्द्र स्थापनाका लागि गृहकार्य भइरहेको जानकारी दिँदै नयाँ स्थानमा उक्त कार्यालय स्थानान्तरण भएपछि विभागका अन्य कार्यालय पनि आवश्यकताअनुसार सार्न सकिने बताए ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार १०:०७