सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा



काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ५०० सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५ सयमा कायम रहेको सुनको मूल्य सोमबार ५०० बढेको हो ।

पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपनि केही दिन यता भने बढ्ने क्रम जारी छ ।

सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।

प्रकाशित : २१ पुष २०७६, सोमबार १४:०३