तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको १२ औं साधारणसभा सम्पन्न अध्यक्षमा पुनः मनोजकुमार थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको १२ औं साधारणसभा सम्पन्न अध्यक्षमा पुनः मनोजकुमार थापा



काठमाडौं ।
चन्द्रागिरि–१४ नैकापमा केन्द्रिय कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


साधारणसभामा समक्ष सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिले आर्थिक वर्ष २०७५र०७६ को नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश बाढ्ने राखेको प्रस्ताव साधारणासभाले पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेको थियो ।


आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्मा संस्थाको सदस्य ४ हजार ८ सय ११ रहेको छ । सोही अवधि सम्ममा संस्थाको चुक्ता पुँजी ५ करोड १४ हजार रहेको संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले साधारणा सभामा जानकारी गराए । त्यस्तै ४१ करोड ४१ लाख निक्षेप संकल गरी ४२ करोड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष थापा मगरले जानकारी दिए ।

संस्थाले आर्थिक वर्ष २०७५र०७६ मा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अविधसम्म आईपुग्दा संस्थाको सम्पत्ति ५१ करोड ६७ लाख ८५ हजार पुगेको अध्यक्षले बताए ।
संस्थाले केन्द्रियक कार्यालयको साथै कलंकी सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
यस सहकारीले चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापमा कृषि फार्म समेत संचालन गर्दै आएको छ । संस्थाले गत २०७६ असार २० गतेबाट लघुवित्त कार्यक्रम समेत सञ्चाल गर्दै आएको छ ।
साधारणसभामा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वती थापा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

अध्यक्षमा पुनः मनोजकुमार थापा
तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मनोजकुमार थापा मगर निर्वाचित भएका छन् ।


शनिबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभाले मनोजकुमार थापा मगरको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गंगाराम दुलाल निर्वाचित भएका छन् । यस अघि पनि दुलाल उपाध्यक्ष थिए । त्यस्तै सचिवमा पुनः बुद्ध तण्डुकार निर्वाचित भएका छन् । कोषाध्यक्षमा मन्नु खनाल खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रजत कुमार श्रेष्ठ, रोशनी तण्डुकार, प्रेमबहादुर महर्जन, माधवप्रसाद लम्साल र संजय चन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।


त्यस्तै लेखा समिति संयोजकमा रामप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रतिक न्यौपाने र कस्तुरी भुजेल चयन भएका छन् । नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिलाई शनिबारनै शपथ ग्रहण गराईएको थियो ।

प्रकाशित : २७ पुष २०७६, आईतवार १८:४५