यस्तो छ आज सुन चाँदीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

यस्तो छ आज सुन चाँदीको कारोबार



सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ७५ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७४ हजार ८०० रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७४ हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार १३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ८७५ रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य ८९० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपियाँ कायम गरेको छ ।

प्रकाशित : २८ पुष २०७६, सोमबार ११:०७