नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच कुटाकुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच कुटाकुट



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच कुटाकुट भएकाे छ । सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने र कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लाभांश कम भएकाे भन्दै लगानीकर्ताहरूले साधारण सभामै हात हालाहलकाे स्थिती सृजना भएकाे हाे । असन्तुष्ट लगानीकर्ताले कम्पनीले वितरण गरेको लाभांश कम भएको भन्दै तिब्र आक्रोश पोखेका हुन् ।

लाभांशमा चित्त नबुझाएका लगानीकर्तालाई अर्का लगानीकर्ताले सम्झाउन खोज्दा ठेलमठेल भएको हाे । बैंकका लगानीकर्ता शिवप्रसाद पौडेल र चन्दननारायण श्रेष्ठबीच बैंकले दिएको लाभांश र बैंकको खर्चबारे बहस हुँदा हात हालाहाल भएको हो । पौडेलले श्रेष्ठलाई हातपात गरेका हुन् । बैंकका शिवप्रसाद श्रेष्ठले बैंक ३३ वर्ष पुगेको उपलक्ष्यमा लगानीकर्ताले ३३ प्रतिशत नै लाभांशको आशा गरेको तर बैंकले कम लाभांश दिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

साेमबार (अाज) नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश पारित गर्ने विशेष एजेण्डा सहित साधारण सभा आह्वान गरेको थियाे ।

प्रकाशित : २८ पुष २०७६, सोमबार १५:३८