माघ १० गते बागमती प्रदेशमा सार्वजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

माघ १० गते बागमती प्रदेशमा सार्वजनिक विदा



काठमाडौँ । यही माघ १० गते सार्वजनिक विदा दिने भर्खरै नामाकरण भएको बागमती प्रदेश सरकारले निर्णय गरेको छ । पुष १७ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको चाड ल्होसार पर्वका लागि माघ १० गते सार्वजनिक विदा दिने निर्णय गरेको बागमति मन्त्रिपरिषद सचिवालयले जनाएको छ ।

उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिए । आईतबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले अनुदान दिने, समपुरक अनुदान, दुग्ध विकास बोर्ड ऐन २०७५ सम्बन्धमा लगायतका महत्वपूर्ण ७ वटा निर्णय समेत गरेको जनाएको छ ।

राजधानी काठमाडौं प्रदेश ३ अन्तर्गत पर्ने हुँदा संघीय प्रदेश सरकार मातहतमा रहेका कार्यालयहरु बन्द हुनेछन् । केन्द्रीय प्रशासनिक संरचना रहेकोसिंहदरबारस्थित मन्त्रालयहरु भने विदा हुन्छ वा हुँदैन एकिन भइसकेको छैन ।

प्रकाशित : २९ पुष २०७६, मंगलवार १४:१८