मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने



काठमाडाै । मध्य भोटेकोशी जलविद्युत आयोजनको आईपिओ निष्काशनको लागि प्रत्याभूतकर्ता (अण्डरराइटर) छनौट गरेको छ । कम्पनीले नागरिक लगानी कोषसँग शेयर प्रत्याभूति सम्बन्धि सम्झौता गरेको हो ।

सम्झौता अनुसार नागरिक लगानी कोषले कम्पनीले निष्काशन गर्ने १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता शेयरको अन्डरराइट गर्ने छ । यदि कम्पनीको आईपिओ पुरै नबिकेमा कोषले बिक्रि नभएको पुरै आईपिओ खरिद गर्ने छ ।

कम्पनीले स्थानीयवासीका लागि १० प्रतिशतले हुन् आउने ६० लाख कित्ता र सर्बसाधारणको लागि १५ प्रतिशतले हुन् आउने ९० लाख कित्ता गरी कुल १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संच्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ । यो कम्पनी चिलिमेको सहायक कम्पनीको हो ।

प्रकाशित : २९ पुष २०७६, मंगलवार १६:२५