लुम्बिनी विकास बैंकको बोनस सेयर र नगद लाभाशं वितरण गर्ने निर्णय पारित



काठमाडौ । राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित यस लुम्विनी विकास बैंक लि. को आज मिति २०७६ साल पौष २९ गते १२ औं वार्षिक साधारण सभा विकास बैंकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न भयो ।

साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, आ.व २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित भयो ।

यस साधारण सभाले २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको २०७६ मंसीर मसान्त सम्म कर्जा लगानी रु २३ अरब ९४ करोड, साथैे निक्षेप संकलन रु २७ अरब ८ करोड रहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क अन्र्तगतको एटिएम बाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस
मासिक १२ सय रुपैयाँमै इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १० वर्ष पुरा गरी ११

३७८ जना नयाँ कोरोना संक्रमित फेला

काठमाडाै । ३७८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नियमित प्रेस

एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी

कर तिर्दा कोरोना भाग्छ हो ?

धनगढी । धनगढीको तारानगरस्थित यातायात व्यवस्था कार्यालय शुक्रबार बिहान साढे ९ बजे भरिभराउ