निगमकै ट्यांकरबाट इन्धन कालोबजारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निगमकै ट्यांकरबाट इन्धन कालोबजारी



oil nigamललितपुर । प्रहरीले नेपाल आयल निगमको ट्यांकरबाटै मध्यरातमा इन्धनको कालोबजारी गरिरहेको अवस्थामा चालक र निर्माण कम्पनीका संचालकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले आयल निगमको ना २ ख ६६९८ नम्बरको ट्याकरमा अवैध तरिकाले तीन हजार लिटर डिजल लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

वृत्तको टोलीले शान्ति कन्सट्रक्सन प्रालिका लागि भन्दै तीनहजार लिटर डिजल बोकेको आयल निगमको ट्ङयाकरलाई रोकेर सोधपुछ गर्दा कालोबजारी भै रहेको पत्ता लागेको हो । प्रहरीले मध्यरातमा वज्रबाराहीको टाखेल चौताराबाट चालक रामकुमार थोकर र निर्माण कम्पनीका संचालक रामकृष्ण बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

यस्तै चापागाँउ क्षेत्रबाटै प्रहरीले मंगलबार कालोबजारीका लागि राखेको अवस्थामा तीनहजार लिटर डिजल सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले लु। अ। फ। ५००० नम्बरको नयाँ मिनी टाटा ट्रकमा २५० लिटर जाने १२ वटा ड्रममा तीनहजार लिटर डिजेल ल्याई बजार मुल्य भन्दा वढी मूल्यमा बिक्री वितरण गर्ने तयारीमा राखेको अवस्थामा बरामद गरेको हो ।

प्रहरीले अवैध डिजल सहित दिल बहादुर वाईवा र दिपक घिमिरेलाई नियन्त्रणमा लिएर कारवाही गरिरहेको जनाएको नागरिक दैनिकले लेखेको छ । परिसरका डिएसपी किसनसिंह थापाले नियन्त्रणमा लिएका ब्यक्ति बिरुद्ध कालोबजारी अन्र्तगत कारवाही भै रहेको जानकारी दिए। कालोबजारीका तस्करले चापाँगाउ क्षेत्रलाई आधार बनाएर इन्धन कालोबजारी गरिरहेको थापाले बताए।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार ०९:००