रिचार्जरको बिग सेलमा २२ हजार अर्डर, जनवरी महिनाभरी सबै अफरलाई निरन्तरता दिइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

रिचार्जरको बिग सेलमा २२ हजार अर्डर, जनवरी महिनाभरी सबै अफरलाई निरन्तरता दिइने



काठमाडौ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० सोमबार का दिन मोबाइल एप रिचार्जरमा सञ्चालित बिगसेल २०२० सफल भएको रिचार्जरले जनाएको छ । पहिलो पटक रिचार्जरले सञ्चालन गरेको बिगसेलका अफरलाई जनवरी महिनाभरी निरन्तरता दिइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।


ग्लाइडरका अनुसार बिगसेलका दिन साँझ ६ बजेसम्ममा २२ हजारभन्दा धेरै अर्डर प्लेस भएका छन् । रिचार्जरको इतिहासमा पहिलो पटक आयोजना भएको बिगसेलले इतिहास बनाएको भन्दै ग्लाइडरले आम सेवागरुाही तथा रिचार्जरका प्रयोगकर्तालाई धन्यवाद दिए ।
बिग सेलका दिन सञ्चालन गरिएका अफरमा अरु धेरै अफरहरु थप गर्दै सेवाग्राहीलाई सस्तोमा वस्तु तथा सेवा थप गर्दै लैजाने बताए ।


सेवाग्राहीको अधिक चासोका कारण बिगसेलका दिन रिचार्जरको मोबाइल एपमा अधिक हिट आउँदा केही समस्या आएको बताएका ग्लाइडरले केही समयमा नै समस्या समाधान भएको बताए । बिगसेलमा देखिएको समस्याबाट आगामी दिनका लागि पाठ सिक्ने अवसर मिलेको भन्दै उनले आगामी दिनमा सेवालाई चुस्त बनाउँदै लैजानेमा विश्वस्त हुन प्रयोगकर्तालाई आग्रह गरे ।


भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरले बिगसेलमा नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराएको थियो ।
‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं । रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन अनुरोध गर्दछु । बिगसेलका अफरलाई जनवरीको अन्तिमसम्म निरन्तरता दिइने छ ।’ ग्लाइडरले भने ।


उक्त अवधिमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ । यसै गरी हरेक खरिदकर्ताहरुलाई गोलाप्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिनेछ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जरमा सहभागिता जनाउन सक्ने छन् ।


भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनिसुरु गर्दैछ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।


बिगसेलका दौरान नेपालीलाई नेपाल घुमाउने योजना अन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु उपलब्ध हुनेछ । विभिन्न पर्यटकीय स्थलमा हेलिकप्टरमार्फत सस्तो मूल्यमा भ्रमण गर्ने प्याकेज पनि रिचार्जरमा उपलब्ध हुनेछ ।


जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने स्लोगान सहित इ कमर्श प्लेटफर्ममा अग्रणीस्थानमा रहेर सेवा दिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध गराउनेछ ।


अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकै स्थानमा उपलब्ध गराउँदै आएको छ ।


रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित : ७ माघ २०७६, मंगलवार ०७:४४