रेबानले माघ १७ र १८ गते बन्दिपुर फेष्ट गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

रेबानले माघ १७ र १८ गते बन्दिपुर फेष्ट गर्ने



काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले रेबान बन्दिपुर फेष्ट २०२० आयोजना गर्ने भएको छ ।

रेबानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १७ र १८ गते कार्यक्रममको आयोजना गर्ने बताएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्य कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

भ्रमण वर्षमा रेबान पोखरा र सौराहसँगै केन्द्रिय रेबानले पनि रेष्टुरेण्ट व्यवसायको सेवामा अभिवृद्धि गरी खाना प्रवर्द्धन कार्यक्रमहरु आयोजना रहेको जनाइएको छ ।

यस कार्यक्रममा मूख्य प्रायोजक गोर्खा ब्रुअरी, प्रायोजकहरुमा जाउलाखेल ग्रुप अफ कम्पनी, नेपाल डिस्टीलरी फाइल भइसकेको आयोजकले बताएको छ ।
सांस्कृतिकको विरासत रहेको बन्दिपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनमा कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

खाना तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ ।

अग्रिम टिकट प्याकेज खरिदका लागि रेबान केन्द्रीय कार्यालय, झम्सिखेल, दरबारमार्गको ओपीएम रेष्टुरेन्ट, ठमेलको केटु रेष्टुरेन्ट र नर्थफिल क्याँफे, महाबौद्धको एनडीज क्याँफे साथै द बेकरी क्याँफेका हरेक आउटलेटमा टिकट खरिदका लागि व्यवस्था मिलाइएको रेबानका महासचिब एकराज अधिकारीले जानकारी दिए ।

नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशान भट्टराई, योजना पुरी, मनिषा पोखरेललगायत अन्य कलाकारको विशेष प्रस्तुती समेत हुने आयोजकले जानकारी गराएको छ ।

प्रकाशित : ९ माघ २०७६, बिहीबार १२:०२