आईएमई-क्योदाईको ३ महिने उपहार योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईएमई-क्योदाईको ३ महिने उपहार योजना



काठमाडौं । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि तीन महिने योजना ल्याएको छ ।

2063816222_1459424700

यो योजना अनुसार जापानबाट नेपाल आईएमई गर्ने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान – नेपालका लागि रोउन्ड ट्रिप टिकेट जित्न सक्नेछन् । उक्त टिकेट विजेता घोषणा गरिएको मितिबाट एक वर्ष सम्मका लागि मान्य हुने छ । विजेताहरुको छनौट साप्ताहिक रुपमा सफ्टवेरबाट सन्चालित लक्की ‘ड्र’ बाट गरिनेछ ।

अप्रिल १ देखी जुन ३० २०१६ सम्मका लागि लागु हुने यस योजना अवधीभर १२ वटा लक्की ‘ड्र’ गरिनेछन् । आईएमई ट्राभल्स योजनाको ट्राभल पार्ट्नर हुने बताइएको छ ।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार १४:५९