डिसहोमद्वारा विशेष च्यानल शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिसहोमद्वारा विशेष च्यानल शुरु



काठमाडाै । डिसहोम नेपालमा रहेको अग्रणी DTH सेवा प्रदायक कम्पनी हो जसले थुपै्र डिजिटल HD च्यानलहरु उपलब्ध गराउँदै आइरहको छ ।

चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुद होस् या त्यो केहि सिक्नको लागि होस् DishHome ले आफ्नो विभिन्न च्यानलहरु मार्फत दर्शकवर्गहरुलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

यस्तै मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै DishHome ले एउटा विशिष्ट च्यानल Rhymes’ मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो । तपाई च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सक्नुहुनेछ । यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्दछ ।

तसर्थ यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ । आफ्नो दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको DishHome यो च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ ।

प्रकाशित : ९ माघ २०७६, बिहीबार १६:१८