नेप्सेमा लगातार गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा लगातार गिरावट



काठमाडौं । बिहिबार नेप्से परिसुचक ७ दशमलव ५० अंकले घटेर १ हजार ३ सय ५५ दशमलव ४८ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ६७ अंकले घटेर २ सय ९२ दशमलव २२ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय २७ वटा कम्पनीहरुको ३ हजार १ सय १३ वटा कारोबारबाट ६३ करोड ७८ लाख ५७ हजार ३ सय ५६ रुपैयाँ बराबरको १० लाख ७ हजार ५ सय ६६ कित्ता शेयरहरु कारोबार भएका छन् । हिजोको तुलनामा आज कारोबार रकम ६ करोड १ लाख ६ हजार ८ सय ५० रुपैयाँले घटेको हो ।

नेपाल बैंकको आज सबै भन्दा बढी ५ करोड ८८ लाख ५५ हजार ३ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २७ लाख २६ हजार ४ सय १७ रुपैयाँ, डिप्रोक्स डेभलपमेन्ट बैंकको ४ करोड ५९ लाख १३ हजार ५ सय ५३ रुपैयाँ, सानिमा बैंकको ३ करोड १९ लाख ३९ हजार २ सय ३० रुपैयाँ र एभरेष्ट बैंकको ३ करोड १९ लाख ३९ हजार २ सय ९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

माउन मकालु डेभलपमेन्ट बैंकको सबै भन्दा धेरै ९ दशमलव ९५ प्रतिशतले मुल्यमा वृद्धि भएको छ । त्यस्तै हामा मर्चेन्ट एण्ड फाइनान्सको ९ दशमलव ३६ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ७ दशमलव ६४ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।

कालिनचोक डेभलपमेन्ट बैंकको लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ७ दशमलव ०५ प्रतिशतले गुमाएका छन् । त्यस्तै आइसीएफसी फाइनान्सको ५ प्रतिशतले र नागवेली लघुवित्त विकास बैंकको ३ दशमलव ६६ प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।

९ वटा उपपरिसुचक समुहहरु मध्ये प्रमुख ८ वटा समुहहरु अन्तर्गत कारोबार भएको छ । जसमा आज उत्पादक तथा प्रशोधनको २५ दशमलव ६९ अंकले र जलविद्युत समुहको सबै भन्दा अत्याधिक ८ दशमलव ८ अंकले बढेको छ भने बाकी विमा समुह ९८ दशमलव ५९ अंकले, होटल समुह २५ दशमलव ४८ अंकले, विकास बैंक समुह १२ दशमलव २ अंकले, अन्य समुह ४ दशमलव ७ अंकले र बैंकिग समुह ४ दशमलव ५४ अंकले घटेको छ ।

प्रकाशित : १८ चैत्र २०७२, बिहीबार १४:०१