ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल र्‍याली



काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्‍याली तथा गोष्ठीको आयोजना गरेको छ ।

बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हँुदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार माध्यामिक विद्यालयसम्म साइकल र्‍यालीको आयोजना गरेको छ ।

र्‍यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

र्‍याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तव्य राखे ।

सोही अवसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरेका छन् ।

यसै गरी शुक्रबार बैंकको डुम्रे शाखा मार्फत तनहूँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटारस्थित भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

भानु नगरपालिकाका मेयर उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैकिङ्ग गरी दुई वटा साक्षरता कक्षा संचालन गरिएको थियो ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरु संचालन गरी स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक कार्यहरुमा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एनआरएनए कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए-नभएको जाँच गर्न

लकडाउनको समयमा बैंकहरुले यसरी दिनेछन् सेवा

काठमाडौं । लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला

ग्लोबल आइएमई बैंकद्वारा रु एक करोड १५ लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९

कोरोनाको त्रासमा राहत: एटीएम तथा मोबाइल बैंकिङ निःशुल्क

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क