बीमा कम्पनीले अटेर गर्दा घाटा बेहोर्दै युवा



काठमाडौं । बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बीमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान अटेर गर्दा नियोगबाट दिन लागिएको पुनः श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । पुनः श्रम स्वीकृतिका लागि अनिवार्य मानिएको म्यादी बीमा शुल्क भुक्तानीलाई बीमा कम्पनीले अनलाइन कम्पनीमा लैजान अटेर गरेपछि श्रम स्वीकृति लिनकै लागि नेपाली युवा लाखौं खर्च गरेर स्वदेश फर्कन बाध्य भएका छन् ।

स्वदेशमा पनि अनलाइनबाटै बीमा शुल्क भुक्तानी सेवा सुचारु गर्ने सरकारको योजनासमेत अलपत्र परेको छ । सरकारले करार अवधि थप भएका तर श्रम स्वीकृतिको म्याद सकिएका युवाको लागि विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृतिको तयारी गरेको ६ महिनाभन्दा बढी भएपनि बिमाका कारण श्रम स्वीकृतिको काम रोकिएको छ ।

बिमा कम्पनीले सेवालाई अनलाइन प्रणालीमा अपग्रेड गर्न नसक्दा विदेशमा रहेका हजारौं युवा बिना श्रम स्वकृति विदेशमा काम गर्न बाध्य हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
६० लाख कित्ता आपीइओ निष्काशन गर्ने तयारी

काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने

होटल व्यवसायीलाई ग्लोबल आइएमई बैंक सहुलियत ब्याजदरमा कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपाल बीच सहुलियतपूर्ण व्याजदरमा

ज्योति लाईफ इन्स्योरेन्स तेश्रो वर्षमा

काठमाडाै । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो वर्ष सफलताका साथ पुरा

‘घ’ वर्गका वित्तीय संस्थालाई नितिमा कस्दै राष्ट्र बैंक, यी काम गर्न बन्देज

काठमाडाै । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाको नयाँ व्यवस्था लागु गरेको