सहकारी ऐन २०७४ कै कारण बहुउद्देश्यीय सहकारी गैरकानुनी काम गर्न बाध्य छन्ः माधव तिमिल्सिना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सहकारी ऐन २०७४ कै कारण बहुउद्देश्यीय सहकारी गैरकानुनी काम गर्न बाध्य छन्ः माधव तिमिल्सिना



कुनै पनि संंस्थाको व्यक्तीले टेबलमा बसेर काम गरि राख्दा खेरि हिजोको सहकारी ऐन २०७४ ले के के कुरामा असर गरि रहेको रहेछ र किन गैरकानुनी रुपमा काम गर्नु परेको छ । यो सबैले बुझ्न जरुरी छ ।

माधव तिमिल्सिना

जुनसुकै लिडरहरुले बोल्दा बचत ऋण बाहेकको अरु प्रकृतिका संस्थाहरुले काम गरिहरदा टेक्निकल रुपमा गैरकानुनी रुपमा काम गर्नु पर्ने अवस्था छ । २०७४ लागु भए देखि आज सम्म यो कुरा मान्नन तयार छौँ की छैनौँ हामी ? हामीले त्यसै गरि ( गैरकानुनी) काम गर्ने हो भने त संशोधन नगर्दा पनि हुन्छ । कानुनलाई मान्ने हो भने संशोधन गर्नै पर्छ । किन भने हामी सबैले गैरकानुनी काम गरि रहेका छौँ ।

बचत ऋण बाहेकको । त्यसै गरि काम गर्न पाउने भए संशोधन आवश्यक छैन । त्यसमा बिभिन्न बुदाहरु छन्, मुख्य कारोबार जटिल रुपमा उठेको छ । यो बिषयमा हामी वकिलसंग र अग्रज लिडरहरु संग पनि बस्यौँ । कतै पनि यसको उत्तर पाइएन । म पनि एउटा बिस बर्ष देखि एउटा बहुउद्देश्यीय सहकारी चलाएर बसेको मान्छे । मैले हिजो जे काम गर्दै आएको थिए आज त्यहि काम गर्दै आएको छु ।

मैले बहुउद्देश्यीय प्रकृतीको पनि काम गरेको छु । र, बचत ऋणको काम पनि गरेको छु । ठ्याक्कै सहकारी ऐन २०७४ को भन्दा गलत ढंगले म अगाडी बढ्नु पर्ने बाध्यता छ । कोषको कुरा गरौँ , कोष कारणले धेरै सहकारीहरु समस्यामा छन धेरै कुराहरुले अप्ठ्यारो पारेको हुनाले पनि यसको संशोधन आवश्यक छ । केही केही कुराहरु बाहिर आउदा हामीलाई पनि दुःख लागेको छ ।

सहकारीकर्मी भै सके पछि सबैको सम्मान गर्दै मिलेर जान सक्ने पद्ती भएको एउटा अभियान सहकारी हो भन्ने हाम्रो स्कुलिङ्ग थियो कोही मेरो लागि भए ठिक अरुका लागि भए बेठिक भन्ने हिसाबले लागे केही छिनको लागि मात्रै हो । हामी बहुउद्देश्यीय सहकारीले नाम जे भए पनि बचत ऋण मात्रै गछौँ भनेका छैनौँ । तर, तिस सत्तरी भनेको केहो । त्यो जगेडा कोष हो की ? शेयर पुँजी हो की ? अरु के हो ? हामीले के आधारमा सत्तरी तिस लगानी गर्ने हो ? यसको खुलाउनु परो ।

सहकारीमा केही कुरा संशोधन गर्न आवश्यक छ । सहकारीमा विकृति ल्याउनको लागि हैन । सुशासनमा ल्याउन र कानुन अनुसार चलाउनको लागि ऐनमा धेरै कुरा संशोधन गर्नु पर्छ । जे उदे्दश्यले संस्था चलाउने हो ? कति समय सिमामा काम सम्पन्न गर्नु पर्ने हो । त्यो प्रस्ट हुन जरुरी छ ।

नेपाल सहकारी पत्रकार समाजले आयाेजना गरेको सहकारी एेन २०७४ संशाेधन किन ? बिषयक छलफलमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिनाले राख्नुभएकाे बिचार

प्रकाशित : १४ माघ २०७६, मंगलवार १२:४३