उपभोक्ताको ढाड सेक्दै ह्याचरी तथा दाना उद्योगी, नियामक निकाय माैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

उपभोक्ताको ढाड सेक्दै ह्याचरी तथा दाना उद्योगी, नियामक निकाय माैन



काठमाडौं । ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुराको मासु छोइनसक्नु भएको छ। पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४ सय २० रुपैयाँ पुगेको छ।

व्यवसायीले जानाजान मूल्य बढाउँदा सरकार भने मुकदर्शक बनेको छ। मासु तथा अण्डा उत्पादनको हकमा पशु सेवा विभाग र मूल्य वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ।

तर, यी दुई निकायले अनुगमन नै गरेका छैनन्। चल्लाको मूल्य पनि एक सातामै प्रतिगोटा ४० रुपैयाँ बढेको छ। पुस पहिलो साता कुखुराको मासु प्रतिकिलो २ सय ५०, दोस्रो साता २ सय ७०, तेस्रो साता २ सय ९० रुपैयाँ प्रतिकिलो पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

माघ दोस्रो सातासम्म ४ सय रुपैयाँ र तेस्रो सातादेखि प्रतिकिलो चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ। उत्पादन नै कम हुँदा मूल्य बढेको संघका सचिव देवकुमार गिरीको दाबी छ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार ०७:५८