प्रभु बैंकले १ अर्ब ८ करोड ५७ लाख नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

प्रभु बैंकले १ अर्ब ८ करोड ५७ लाख नाफा कमायो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा प्रभु बैंकको नाफा बढेको छ । ६ महिनामा प्रभुले १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा प्रभुले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकले ४ करोड रुपैयाँ मात्र नाफा बढाएको छ ।

६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब ३ करोड ३० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १२ पैसा छ ।

६ महिनामा बैकले २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब १५ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ३.१२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो कर्जा २.४७ प्रतिशत थियो ।

बैंकको निक्षेप लागत ६.२९, सीसीडी ७४.७०, आधारदर ९.४५ र स्प्रेडदर ४.८३ प्रतिशत छ । सञ्चित कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ छ । बैंकले १ खर्ब १५ अर्ब ५० करोड निक्षेप परिचालन गरी ९४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार १०:१४