हिमालयन जनरल इन्स्योरेन्सको लाभा‌श दर घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सको लाभा‌श दर घट्यो



काठमाडाै । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ। कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश दर घटाएको छ ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बोनश शेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअघि इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद लाभांश गरी १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रकाशित : २२ माघ २०७६, बुधबार १२:२७