नेपाल टेलिकमले ल्यायो डाटा, भ्वाइस र रिचार्जमा विभिन्न आकर्षक अफर



नेपाल टेलिकमले ल्यायो डाटा, भ्वाइस र रिचार्जमा विभिन्न आकर्षक अफर ल्याएको छ ।१६ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले नयाँ सुविधाका रुपमा विग डाटा प्याक र रीचार्जमा बोनस ल्याएको छ भने चलिरहेका प्याकहरुमा थप सुविधा दिएको छ ।

बिग डाटा प्याक अन्तर्गत रु ३०० मा १८० दिनका लागि ६० जिवी र १ हजार ६०० मा ९० दिनका लागि ३० जिवी डाटा दिन शुरु गरेको छ ।

त्यस्तै वार्षिकोत्सवको अवसरमा २०० देखि ४९९ सम्मको रिचार्जमा २०० एमपी डाटा निःशुल्क, ५०० देखि ९९९ सम्मको रिचार्जमा ५०० एमबी निःशुल्क र रु १ हजार भन्दा धेरै रिचार्ज गरेमा १ हजार एमबी डाटा निःशुल्क दिने भएको छ ।

टेलिकमले डे डाटा प्याक अन्तर्गत बिहान ६ देखि बेलुका ६ बजेसम्म रु १० मा ८० एमबी र रु १५ मा २०० एमबी डाटा दिएको छ । यस्तै डे भ्वाइस प्याक अन्तर्गत बिहान ५ देखि बेलुका ५ सम्म रु १५ मा अनलिमिटेड प्याक दिने भएको छ । यस्तै रु १० मा १०० मिनेट भ्वाइस प्याक ल्याएको छ ।

पोष्टपेड ग्राहकका लागि रु ३०० मा ३० दिनको लागि ६२० मिनेट भ्वाइस अथवा ३००० एमबी डाटा प्याकको सुविधा दिएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एनआरएनए कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए-नभएको जाँच गर्न

टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस दिने

काठमाडौं । कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन

मनकामना केबलबार चैत ३१ गतेसम्मको लागि बन्द

मनकामना केबलबार शनिबारदेखि चैत ३१ गतेसम्मको लागि बन्द हुने भएको छ। सरकारको निर्णयलाई

लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडौं । सरकारले लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको