नयाँ बर्षमा एलजीकाे एलजी स्मार्ट सेलिब्रेसन योजना’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ बर्षमा एलजीकाे एलजी स्मार्ट सेलिब्रेसन योजना’



काठमाडौँ । नयाँ बर्षमा एलजीले ‘एलजी स्मार्ट सेलिब्रेसन योजना’ ल्याएको छ। एलजीका हरेक सामग्रीको खरिदमा निःशुल्क उपहार दिने कम्पनीले जनाएको छ ।

lg

योजना अन्तर्गत एलजीको ४३ इन्च वा सो भन्दा माथिको टिभीको खरिद गर्दा १७ हजार सातसय ९० रुपैँयाकाे एलजी साउण्ड बार निशुल्क पाउनेछन्। त्यस्तै ४२ इन्चको थ्रिडी स्मार्ट टिभिको खरिदमा १५ हजार सातसय ९० रुपैँयाकाे एलजी होम थिएटर सित्तैमा पाउने कम्पनीले जनाएको छ।

त्यस्तै ४३ इन्च वा सो भन्दा माथिको एलइडी टिभिको खरिदमा पाँच हजार एकसय ९० रुपैँयाँकाे डिभिडी प्लेयर, ३२ इन्च वा सो भन्दा माथिको स्मार्ट टिभिको खरिदमा पाँच हजार ९० रुपैँयाकाे एलजी म्याजिक मोसन रिमोट, ३२ इन्चको एलइडी टिभिको खरिदमा तीन हजार चालिस मूल्यकाे सिजी मोवाइल र एलजी गेम रिमोट निशुल्क पाउने जनाएको छ।

ग्राहकले ३२ इन्चको एलइडी टिभि एलएफ ५१० मोडेलको खरिदमा एकहजार चारसय ९० रुपैँयाकाे गेम रिमोट, २२ र २४ इन्चको एलइडी टिभिको खरिदमा एकहजार चारसय ९० रुपैयाँकाे गेम रिमोट निशुल्क पाउने कम्पनीले जनाएको छ।

त्यस्तै एलजीको साइड बाइ साइड रेफ्रिजेरेटर को खरिदमा २१ हजारको भ्याकुम क्लिनर, डबल डुअरको रेफ्रिजेरेटरको खरिदमा तीनहजार आठसय मूल्यको मिक्सर, डिसवासरको खरिदमा चार हजार दुइसय मूल्यको इलेक्ट्रिक फ्यान हिटर,  फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा चारहजार दुइसय मूल्य पर्ने इलेक्ट्रिक फ्यान हिटर, टपलोड वासिङमेसिनको खरिदमा एकहजार मूल्यकाे आइरन, माइक्रोवेभ ओभनको खरिदमा दुई हजारकाे कुकिङ किट र एयर कन्डिसनरको खरिदमा दुइहजार पाँचसाय वरावरको फ्रि इन्सटलेसन गरिदिने कम्पनीले जनाएको छ।
यो योजना चैत्र १९ देखि सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित : १९ चैत्र २०७२, शुक्रबार १६:५०