जेष्ट आइडियोलोजी साकोसले मनायो १० औं बार्षिक उत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

जेष्ट आइडियोलोजी साकोसले मनायो १० औं बार्षिक उत्सव



जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको अबसरमा १० औं बार्षिक उत्सव मनाएको छ । संस्थाले आफ्नो बार्षिक उत्सवको अबसरमा पर्यटन बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ “पर्यटन प्रवद्र्धन र विकासकालागि सहाकारी’ भन्ने नाराका साथ संस्थाले मैतिदेबी आसापासमा बृक्षारोपण गरि खिचापोखरी न्युरोड सम्म पदयात्रा गरिएको थियो ।

सो कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले उद्धघाटन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका संघ संस्था तथा व्यक्तीत्वहरुलाई सहयोग तथा सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी संचालक हेमबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी संस्थामा निरन्तर पाँच वर्ष सेवा गरिसकेका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित : २६ माघ २०७६, आईतवार १३:०७