डिशहोममा ‘डिलर दाइको डिस्काउन्ट’ अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

डिशहोममा ‘डिलर दाइको डिस्काउन्ट’ अफर



डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोमका डिलर दाइको डिस्काउन्ट” नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत एड अन प्याकेज सहित विक्ली लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्नेछन् ।

विक्ली लक्की ड्र कार्यक्रम ०७६ माघ २७ गते देखि वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुने जनाइएको छ । लक्की ड्र ०७६ फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल नम्बर १०० मा मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुक्रबारदेखि बिहिबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुक्रबारको लक्की ड्रमा समावेश गरिनेछ ।

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र यसमा समावेश गरिनेछ । समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सका क्यास आइडीको आधारमा विजेताको घोषणा गरिने बताइएको छ ।

प्रकाशित : २७ माघ २०७६, सोमबार ११:४८