टेलिकमले निःशूल्क बाड्यो २ हजार ५ सय सीम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

टेलिकमले निःशूल्क बाड्यो २ हजार ५ सय सीम



नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले २ हजार ५ सय सीम निःशूल्क वितरण गरेको छ। गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा टेलिकमले उक्त सिम वितरण गरेको हो।

फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको रुचि देखिएकाले धेरै संख्यामा निःशूल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताएका छन् ।

सर्वसाधारणलाई निःशूल्क वितरण गरिएको सिममा ‘५० टक भ्यालु’ समेत रहेको छ। नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेको छ।

प्रकाशित : २७ माघ २०७६, सोमबार १९:५७