कस्ता छन् दिगो विकासका १७ लक्ष्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कस्ता छन् दिगो विकासका १७ लक्ष्य ?



digo-bikasकाठमाडौं  । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले  गत बिहीबार एक कार्यक्रमबीच लक्ष्यको प्रतिवेदन सार्वजनिक गरेका हुन् । दिगो विकास लक्ष्यका योजना सन् २०१६ बाट लागू भई सन् २०३० मा समाप्त हुनेछ ।

यसअघि यस्तै प्रकृतिको सहस्राब्दी विकास लक्ष्य सन् २००० देखि २०१५ सम्म कार्यान्वयनमा ल्याइएको थियो । दिगो विकासका मुख्य १७ लक्ष्य छन् । हेरौं कस्ता छन् दिगो विकासका १७ लक्ष्य ।

१ : गरिबी ५ प्रतिशतमा झार्ने।
२ : भोकमारी अन्त्य गर्ने ।
३ : सबैमा स्वास्थ्य जीवनको सुनिश्चिता ।
४ : सबैका लागि समावेशी र गुणस्तरीय शिक्षा
५ : लैंगिक समानाता हासिल गर्ने ।
६ : खानेपानी र सरसफाईको सबैमा पहुँच ।
७ : आधुनकि उर्जामा सर्वसाधारणको पहुँच ।
८ : समावेशी, दिगो र फराकिलो आर्थिक वृद्धि ।
९ : बलियो पूर्वाधार, दिगो औद्योगिकीकरण ।
१० : मुलुकभित्र र अन्य देशसँगको अससमान्ता हटाउने ।
११ : मानवबस्तीलाई समावेशी, सुरक्षित र दिगो बनाउने ।
१२ : दिगो उपभोग र उत्पादनको ढाँचा सुनिश्चित ।
१३ : जलवायु परिवर्तन र यसका प्रभावबारे लड्न कार्ययोजना तय गर्ने ।
१४ : सामुन्द्रिक स्रोतसाधानको संरक्षण गरी दिगो प्रयोगमा जोड ।
१५ : दिगो पर्यावरणीय प्रणालीको प्रयोग ।
१६ : दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको निर्माण तथा न्यायमा सबैको पहुँच ।
१७ : दिगो विकास कार्यान्वयन प्रणाली मजबुत बनाउने ।

प्रकाशित : २० चैत्र २०७२, शनिबार ०४:५४