आर्थिक सूचक सकारात्मक,डेढ खर्बले घट्यो बजेट, वृद्धिदर लक्ष्य नजिक पुग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक सूचक सकारात्मक,डेढ खर्बले घट्यो बजेट, वृद्धिदर लक्ष्य नजिक पुग्ने



काठमाडौँ । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजित रकमको ९०।४ प्रतिशत हो ।


बजेटको आकारसँगै चालू, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले चालूतर्फ नौ खर्ब चार अर्ब ४६ करोड आठ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो । यसअघि सरकारले बजेटमा नौ खर्ब ५७ अर्ब १० करोड रुपियाँ चालू खर्च गर्ने लक्ष्य राखेको थियो ।


त्यस्तै चार खर्ब आठ अर्ब ५९ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा यसलाई संशोधन गर्दै तीन खर्ब २६ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । वित्तीय खर्चतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड रुपियाँ खर्च गर्ने लक्ष्य रहेकामा अर्धवार्षिक समीक्षामार्फत यसको आकार एक खर्ब ५४ अर्ब ६९ करोड रुपियाँ पु¥याइएको छ ।


सरकारले राजस्व स्रोतको लक्ष्यसमेत घटाएको छ । राजस्व र आन्तरिक ऋणबाट ११ खर्ब ७६ अर्ब रुपियाँ स्रोत परिचालन गर्ने लक्ष्य रहेकामा त्यसलाई घटाएर ११ खर्ब ३२ अर्ब ५० करोड रुपियाँ पु¥याइएको छ । यो कुल बजेटको ९५।६ प्रतिशत हो ।


त्यस्तै वैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड स्रोत सङ्कलन गर्ने लक्ष्य ४३ अर्ब ५५ करोड रुपियाँ पु¥याइएको छ । वैदेशिक ऋण दुई खर्ब ९८ अर्ब ८३ करोड लक्ष्य रहेकामा त्यसको आकार पनि घटाएर दुई खर्ब नौ अर्ब ९० करोड रुपियाँ सङ्कलन गर्ने अनुमान गरिएको छ । खतिवडाले संशोधित अनुमान गरिएका परिवर्तन सामान्य रहेको टिप्पणी गर्नुभयो । विगत एक दशकका बजेट हेर्दा हामी राम्रो स्थानमै छौँ, संशोधित अनुमान आर्थिक वृद्धिको निर्धारित लक्ष्य नजिक नै पु¥याउने छौँ ।


अर्थ मन्त्रालयका अनुसार चालू आवको पहिलो छ महिनामा चार खर्ब २२ अर्ब ५५ करोड रुपियाँ खर्च भएको छ । यो कुल विनियोजनको २७।६ प्रतिशत हो । कुल खर्चमध्ये चालूतर्फ तिन खर्ब नौ अर्ब ६० करोड, पुँजीगततर्फ ६२ अर्ब ७८ करोड र वित्तीयतर्फ ५० अर्ब १७ करोड रुपियाँ खर्च भएको छ । अहिलेसम्मको खर्चका आधारमा विकास खर्च लक्ष्यको १५।४ र वित्तीय खर्च २९।९ प्रतिशत हो ।

वृद्धिदर लक्ष्य नजिक
सरकारले चालू आर्थिक वर्षमा बजेटमा निर्धारित लक्ष्यको नजिक आर्थिक वृद्धिदर पुग्ने जनाएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले कृषि क्षेत्रको वृद्धिदर, औद्योगिक उत्पादनमा भएको विस्तार, होटल पूर्वाधारमा बढेको लगानी, जलविद्युत्, सडक र विमानस्थल निर्माणमा आएको तीव्रताजस्ता कारणले चालू आर्थिक वर्षमा उच्च वृद्धिदरको निरन्तरता कायम भएकाले लक्ष्य नजिक वृद्धिदर पुग्ने बताउनुभयो । चालू आवको बजेटमा सरकारले ८।५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।
आर्थिक सूचक सकारात्मक
चालू आर्थिक वर्षमा अर्थतन्त्रका परिसूचकहरू सकारात्मक हुँदै गएको सरकारले जनाएको छ । अर्धवार्षिक समीक्षामा आर्थिक वृद्धिदर उच्च रहँदै आएको र मुद्रास्फीति पनि निश्चित सीमाभित्रै रहेको उल्लेख गरिएको छ । विगत छ महिनामा कुल वस्तु निर्यात अघिल्लो अवधिको तुलनामा २६।१ प्रतिशतले बढेको, आयात ४ प्रतिशतले घटेको, व्यापार घाटा पनि ६।१ प्रतिशतले घटेको तथ्याङ्क छ । मुद्रास्फीति ६।४ प्रतिशत कायम छ । यद्यपि अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ४।२ प्रतिशत थियो ।


विप्रेषण आप्रवाह ०।९ प्रतिशतले बढेर चार खर्ब ४७ अर्ब २६ करोड रुपियाँ पुगेको छ । चालू खाता घाटा अघिल्लो वर्षको तुलनामा करिब आधा मात्र रहेर ८२ अर्ब एक करोडमा सीमित छ । शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको पनि समीक्षामा उल्लेख छ । विदेशी विनिमय सञ्चिति ५७ अर्ब रुपियाँले बढेर १० खर्ब ९६ अर्ब पुगेको छ । ब्याजदरमा अनुकूलता आएसँगै लगानीका लागि अनुकूलता थपिएको दाबी गरिएको छ । गोरखापत्रबाट ।

प्रकाशित : १ फाल्गुन २०७६, बिहीबार ०७:५६