बजेटको आकार करिब डेढ खर्बले घट्यो



काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजित रकमको ९०.४ प्रतिशत हो ।

बजेटको आकारसँगै चालू, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालूतर्फ नौ खर्ब चार अर्ब ४६ करोड आठ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो । यसअघि सरकारले बजेटमा नौ खर्ब ५७ अर्ब १० करोड रुपियाँ चालू खर्च गर्ने लक्ष्य राखेको थियो ।गोरखापत्र दैनिकबाट

त्यस्तै चार खर्ब आठ अर्ब ५९ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा यसलाई संशोधन गर्दै तीन खर्ब २६ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । वित्तीय खर्चतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड रुपियाँ खर्च गर्ने लक्ष्य रहेकामा अर्धवार्षिक समीक्षामार्फत यसको आकार एक खर्ब ५४ अर्ब ६९ करोड रुपियाँ पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस
३८ लाख ग्राहकलाई विद्युत् महसुल २० प्रतिशत छुट: राज्यलाई ५० करोड नोक्सान

काठमाडौं । कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ ।

एनआरएनए कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए-नभएको जाँच गर्न

लकडाउनलाई मध्यनजर गर्दै सरकारले गर्‍यो महत्वपूर्ण निर्णय, जनतालाई राहत

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा

बाग्लुङ । बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना