नेपाल टेलिकमको यस्तो छ अबस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

नेपाल टेलिकमको यस्तो छ अबस्था



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ९३ करोड ९१ लख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष भन्दा ०.३१५ ले घटेको हो । गत वर्ष यसले ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले दूरसञ्चार लगायतका विभिन्न प्रविधि सम्बन्धी सेवा गर्छ । सामाजिक सञ्जालमार्फत पनि यस्ता व्यापारको हिस्सा बढ्न थालेको छ । जसका कारण दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुलाई चुनौती थपिएको छ ।

यसबाहेक ग्राहक बढाउने प्रतिस्पर्धा पनि खुम्चिंदै गएको छ । किन भने धेरैको हातमा मोबाइल फोन पुगिसकेको छ । जसको प्रभावस्वरुपः नाफा केही संकुचन हुनु स्वभाविक हो । टेलिकमका महत्वपूर्ण आधारभूत सूचकहरु हेर्दा कम्पनीको अवस्था निकै सबल देखिन्छ । कमाई, रिजर्भ लगायतका आधारमा बजार भाउ पनि सस्तो हो ।

गत वर्ष टेलिकमले सेवा व्यापारबाट १८ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक थोरै घटेर १८ अर्ब ३ करोड ९५ लाख रुपैयाँमा आइपुगेको छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३६ करोड १९ लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको छ ।

पुससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ८६ पैसा (बार्षिक) रहेको छ । गत वर्ष प्रतिसेयर ६६ रुपैयाँ ०६ पैसा (बार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ५९५ रुपैयाँ ७५ पैसा छ ।

प्रकाशित : १ फाल्गुन २०७६, बिहीबार १२:२८