‘क्यान इन्फो टेक मेला’मा सर्वसाधारणको आकर्षण बढ्दो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

‘क्यान इन्फो टेक मेला’मा सर्वसाधारणको आकर्षण बढ्दो



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको २६ औं क्यान इन्फो टेक मेला–२०२० मा अवलोकनकर्ताहरुको आकर्षण बढेको छ । शुक्रबारदेखि सुरु भएको उक्त मेलामा हालसम्म १ लाखभन्दा बढीले अवलोकन गरिसकेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुँवरका अनुसार ६ दिनसम्म चल्ने मेलामा सुरु भएकै २ दिनमा १ लाखभन्दा बढीले अवलोकन गरेका हुन् ।

मेलामा व्यापारलाई भन्दा प्रदर्शनीलाई महत्व दिईएको अध्यक्ष कुँवर बताउँछन् । ‘यो मेलामा हामीले कुनै व्यापारको उद्देश्य राखेका छैनौं । हाम्रो प्रमुख उद्देश्य भनेको नयाँ सूचना र प्रविधिको बारेमा जानकारी गराउँनु हो’ उनले भने । नयाँ सूचना र प्रविधिलाई यस मेलाले प्रदर्शनीका रुपमा राखेको छ । मेलामा विभिन्न किसिमका प्रविधिको बारेमा जानकारी दिईने १ सय ८६ स्टलहरु राखिएको छ ।

मेलाको अवलोकन गर्न आउँने अवलोकनकर्ताहरुले नयाँ प्रविधिका बारेमा जानकारी लिएर जाने अध्यक्ष कुँवर बताउँछन् । विशेष गरी क्याम्पस वढ्ने विद्यार्थीहरुलाई यो मेलाले फाईदा पुग्ने उनको भनाई छ । मेला आगामी बुधबारसम्म चल्ने छ ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार ११:००