टेलिकम प्रयोकर्तालाई अफरै अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

टेलिकम प्रयोकर्तालाई अफरै अफर



काठमाडाै । नेपाल टेलिकमले विभिन्न प्याकेजसहित आकर्षक विन्टर अफर उपलब्ध गराएको छ। उक्त अफरअन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिनेछ। योभन्दा पहिले उपलब्ध अटम अफ अन्तर्गतका सेवामा केही थप सुविधा तथा नयाँ प्याकेजसमेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ। जीएसएम प्रिपेड÷पोस्टपेड तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ।

अल टाइम डाटा प्याक

अल टाइम डाटा प्याकअन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन्। यसअन्तर्गत ६० एमबीदेखि १४ हजार एमबीसम्म प्याकेज खरिद गर्न सकिनेछ। यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ।

डे डाटा प्याक

बिहान ६ देखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याकअन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ। साथै १० रुपैयाँमा ८० एमबी डाटासमेत प्रयोग गर्न सकिनेछ। यी दुवै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिनेछ।

नाइट डाटा प्याक

बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिनेछ। अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ।

सोसियल मिडिया प्याक

सोसियल मिडिया प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्विटर चलाउन सकिनेछ। यसअन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ। यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिनेछ।

युट्युब (स्ट्रिमिङ) डाटा प्याक

युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ। यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ। यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ।

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याकअन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिनेछ। त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ। यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिनेछ।

पोस्टपेड प्याक

जीएसएम पोस्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याकसमेत थप गरिएको छ। यसअन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ। सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ।

बिग डाटा प्याक

नयाँ प्याकका रूपमा कम्पनीले बिग डाटा प्याकसमेत उपलब्ध गराएको छ। यसअन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ। कम्पनीले अटम अफरको रूपमा उपलब्ध गराइरहेका अन्य अफर भने विन्टर अफरमा पनि यथावत छन्।

पहिलोपटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रूपमा समेत उपलब्ध छ। विभिन्न प्याकेज प्राप्त गर्न स्टार १४१५ ह्यासमा डायल गर्न सकिन्छ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार ११:०४