सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता घटबढ हुँदै गएको सुनको भाउ माघ १९ र २० गते पनि तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको भाउले आज फेरि त्यही भाउ भेटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले भाउ अझै बढ्ने सम्भावना रहेको महासंघको भनाई छ । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार ११:१३