भीसीटीएस तथा करसम्बन्धी विराटनगरमा भन्सारमा प्रशिक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

भीसीटीएस तथा करसम्बन्धी विराटनगरमा भन्सारमा प्रशिक्षण



काठमाडौं ।‍‍नेपाल अटोमोवाईल डिर्लस एशोसिएसन (नाडा) र नाडाको संस्थागत एसोसिएसन मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनसँगको संयुक्त पहलमा शनिबार विराटनगरमा भन्सार, भेहिकल कन्साइनमेन्ट एण्ड ट्र्याकिङ सिस्टम (भीसीटीएस) तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नाडाका अनुसार प्रदेश नं १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नाडाका अनुसार यस किसिमको प्रशिक्षण कार्यक्रम सात वटै प्रदेशमा हुुने छ । मोरङ्ग अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोबाइल्स डिलर्स एसोसिएसनमा आबद्ध विभिन्न फर्म कम्पनीहरुको तर्फबाट ४२ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय मोरङका अधिकृत हितेस बस्नेत, आन्तरिक राजस्व कार्यालय मोरङका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सीए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । सरकारको प्रतिनिधित्वसहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथो पटक हो । खासगरी अटोमोबाइल व्यवसायीहरुले भोग्नुपरिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोबाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ ।

नाडाका अनुसार २०७६ साल फागुन २ गते नाडा र नाडाका संस्थागत एसोसिएसनबीच संयुक्त बैठक पनि विराटनगरमा सम्पन्न भएको छ । त्यसैगरी २०७६ फागुन ३ गने नाडाको दोस्रो केन्द्रीय कार्य समितिको बैठक समेत विराटनगरमा सम्पन्न भएको नाडाले जानकारी दिएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार १६:११