परिसंघको नयाँ महानिर्देशकमा पौड्याल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

परिसंघको नयाँ महानिर्देशकमा पौड्याल नियुक्त



काठमाडौँ । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए । परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गर्दै परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवम् वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : ४ फाल्गुन २०७६, आईतवार २०:१२